३० बैशाख २०८३, बुधबार
Follow us :

कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (बुधबार) काठमाडौंमा भेला गर्दैछ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा २३ वैशाखमा सम्पन्न  समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ ।

भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरू हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।

३० बैशाख २०८३, बुधबार १०:०३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०