३१ बैशाख २०८३, बिहीबार
Follow us :

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् र कारबाही सुरु गरियोस् ।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा सम्पत्ति छानबिन आयोग गठन भएको थियो । त्यही आयोगलाई बोलीचालीमा लम्साल आयोग भन्ने गरिएको छ ।

नेता केसीले त्यही प्रतिवेदन सार्वजनिक गरेर कारबाही सुरु गर्नुपर्ने बताएका हुन् । अवैध सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने केसीको माग छ । उनले भने, ‘अवैध सम्पत्तिको छानबिन गर्न बंगलादेशमा जस्तै शक्तिशाली आयोग गठन गरियोस् ।’

स्वीस बैंकमा विगतको तुलनामा नेपालीको पैसा बढ्दै केसीको दाबी छ ।

३१ बैशाख २०८३, बिहीबार १६:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०