३१ बैशाख २०८३, बिहीबार
Follow us :

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

कान्तिपुर प्रेस

काठमाडौँ  – राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

बुधबार र बिहीबार छलफलपछि सांसदहरूले राखेको जिज्ञासाको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. वर्णिम वाग्लेले जवाफ दिएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए। तीमध्ये केही संशोधन सांसदहरूले फिर्ता लिए। अधिकांश संशोधन प्रस्ताव सभाले असफल पारेर सरकारको कार्यक्रम बहुमतले पारित गरेको हो

सांसदहरूलाई जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले सांसदहरूका सबै सुझावलाई ग्रहण गरेको र अब बजेटमा ती सुझाव अनुसार आउने प्रतिबद्धता जनाए।  उनले  लोकतान्त्रिक निष्ठापालना  र अग्रगमनको बाटोमा जाने कुरामा आफूहरूलाई शंका नगर्न आग्रह गरे।

आर्थिक वर्ष २०८३/०८४ का लागि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

३१ बैशाख २०८३, बिहीबार १९:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०