काठमाडौं – प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो।
कार्यालय प्रमुखहरुले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरु खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरुलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यी गर्नु गराउन परिपत्रमार्फत निर्देशन दिइएको छ।
कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरु प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।











