४ जेष्ठ २०८३, सोमबार
Follow us :

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः निर्माण

कान्तिपुर प्रेस

काठमाडौं – गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ ।

क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुनर्निर्माण कार्य सुरु गरिसकेको छ ।

आन्दोलनका क्रममा सो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ ।

३ जेष्ठ २०८३, आईतवार १४:०३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०