४ जेष्ठ २०८३, सोमबार
Follow us :

बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने रास्वपाको निर्णय

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । जिल्ला कमिटी नै विघटन भएपछि सांगठनिक कार्यक्रम स्थगित गरिएको हो ।

रास्वपाले यसअघि गएको वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो । बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरीका अनुसार, संगठनात्मक समस्या समाधान, समन्वयका लागि आउँदो शनिबार विस्तारित बैठक डाकिएको छ ।

चौधरीले विज्ञप्ति जारी गर्दै वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रम स्थगित भएको उल्लेख गरेकी छन् ।

३ जेष्ठ २०८३, आईतवार १६:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०