काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशैभर पानी पर्न कम भएसँगै गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा भने गर्मी बढेको हो ।
अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले साेमबार र मंगलबार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे र अधिकांश भू-भागमा गर्मी हुने बताएकाे छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको पनि महाशाखाले जनाएकाे हाे । मंगलबार पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरिएकाे छ।











