९ जेष्ठ २०८३, शनिबार
Follow us :

एमाले सचिवालय बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

कान्तिपुर प्रेस

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बस्नेछ ।

शुक्रबार सुरु भएको सचिवालय बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ । हिजो बोल्न बाँकी रहेका सदस्यहरुले आज आफ्नो धारणा राख्नेछन् ।

हिजोको बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा रखोका थिए ।

आज (शनिबार)को बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराईलगायतले धारणा राख्नेछन् ।

बैठकमा आएको सुझावको आधारमा आज कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बुझिएको छ ।

९ जेष्ठ २०८३, शनिबार १०:२० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०