९ जेष्ठ २०८३, शनिबार
Follow us :

कांग्रेसको कोशी प्रदेशस्तरीय कार्यशाला २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न

कान्तिपुर प्रेस

काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कोशी प्रदेशस्तरीय दुई दिने परामर्श कार्यशाला २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न भएको छ ।

हिजो र आज चलेको कार्यशालामा कोशी प्रदेश र पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिकासम्मका नेतृत्व सहभागी थिए । जारी संकल्पमा नागरिकमुखी जवाफदेही सरकार, वित्तीय अनुशासन, घरआँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी विराटनगर–इटहरी औद्योगिक कोरिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुम्वासीको सम्मानजनक पुनस्र्थापना गर्ने र संघ, प्रदेश तथा पालिकाबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ ।

पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’लाई तीव्रता दिने र पार्टी–सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि यस संकल्पका प्रमुख बुँदा रहेका छन् ।

यसैबीच कांग्रेस सभापति गगन थापा, पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिन तयार हुनुभएको छ ।

दुवै नेतालाई वरिष्ठ नेतासहित केन्द्रीय कार्यसमितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले बताउनुभएको हो । खड्का र कोइरालाले व्यक्तिगत तहमा नभएर सामूहिक एकताको वकालत गर्दै आउनुभएको छ ।

९ जेष्ठ २०८३, शनिबार १८:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०