१० जेष्ठ २०८३, आईतवार
Follow us :

एमाले सचिवालय बैठक : जवाफ दिँदै ओली

कान्तिपुर प्रेस

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज (जेठ १०) पनि बस्दै छ । भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ः३० बजे बैठक सुरु हुने तय छ ।

बैठकका निम्ति विभिन्न ११ कार्यसूची तोकिएको छ । यसअन्तर्गत पार्टीको सांगठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन र वर्तमान राजनीतिक घटनाक्रमलगायत समसामयिक विषय छन् ।

बैठकमा पदाधिकारीले अघिल्ला छलफलका क्रममा उठाएका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष ओलीले दिने कार्यतालिका छ ।

पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय लिन यो बैठक बोलाइएको हो ।

१० जेष्ठ २०८३, आईतवार ०९:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०