१० जेष्ठ २०८३, आईतवार
Follow us :

कहाँ कहाँ छ सडक अवरुद्ध ?

कान्तिपुर प्रेस

काठमाण्डौ – अस्ति रातिको बाढी पहिरोका कारण पाँचथरका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत याङवरक गाउँपालिका–२ को दोभान वडा न. ३ को रिजालभिर र आयोम बजार क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै गाडी सञ्चालनमा रोक लगाएको छ ।

बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेशी सडक खण्डमा गएको बैशाख २२ गतेदेखि गाडी पूर्ण बन्द गरिएको छ । यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका २ मा गएको वैशाख २९ गतेदेखि हिल्सा–सिमकोट राजमार्गमा सम्भावित पहिरोका कारण गाडी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ ।

यस्तै भोजपुरको बोखिम क्षेत्रमा बाढीले मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । त्यसै गरी सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पर्ने कोशी राजमार्गमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेनी–जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ भने रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा पनि गाडी एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

१० जेष्ठ २०८३, आईतवार ०९:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०