१० जेष्ठ २०८३, आईतवार
Follow us :

दीपेन्द्र ऐरीको कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा

कान्तिपुर प्रेस

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

सिंगापुरमा ३१ मे देखि सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्।

खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, र साहब आलम समेटिएका छन्।

१० जेष्ठ २०८३, आईतवार १६:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०