काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।
सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथि पनि छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न साढे १२ बजे बस्नेछ ।











