काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल रहेको बताएका छन् ।
बकर ईदको अवसरमा शुभकामना दिँदै उनले लेखेका छन्– नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । प्राचीन कालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संगमस्थलका रूपमा रहेको हाम्रो समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको छ ।
शुभकामना सन्देशमा उनी थप लेख्छन् – ‘बकर इद (इद–उल–अज्हा) नेपालीहरूबिच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि पार्टी र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।’











