१४ जेष्ठ २०८३, बिहीबार
Follow us :

एसियाली खेलकुद छनाेट : नेपाल सेमिफाइनलमा प्रवेश

कान्तिपुर प्रेस

काठमाडाैं । एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालको जितले समूह बीबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ ।

नेपालको जितमा कप्तान इन्दु बर्माले ४२ र सीता राना मगरले १३ रन बनाइन्। सोनी पाख्रिनले २९ रन बनाइन् । २० रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन इन्दु र सोनीले चौथो विकेटका लागि ४५ रनको साझेदारी गरे। ओपनरद्वय सम्झना खड्का १ र पूजा महतो ९ तथा रुवी पोद्दार शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। रुबिना क्षेत्री गोल्डेन डक आउट भइन्।

इन्डोनेसियाका लागि निमेड सुवान्देवी र नी अरियानीले समान २ विकेट लिइन्। यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो।

इनिङ्सकै पहिलो ओभरमा आफ्ना ओपनरलाई गुमाएको इन्डोनेसिया मध्यक्रममा सम्हालिएपछि सम्मानजनक योगफ तयार पार्न सफल भयो । उसका लागि क्याप्टेन नीपुटु आयुनन्दाले नटआउट ५६ रन बनाइन्। यस्तै नीलुह देवीले २३ रन जोडिन्।नेपालका लागि मनिषा उपाध्यायले २ र रिया शर्माले एक विकेट लिइन्।

१४ जेष्ठ २०८३, बिहीबार १६:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०