१६ जेष्ठ २०८३, शनिबार
Follow us :

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

कान्तिपुर प्रेस

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकले उनलाई निमोनिया भएको पुष्टि गरेका छन्।

स्वास्थ्य समस्याकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा पनि सहभागी हुन सकेनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

१६ जेष्ठ २०८३, शनिबार १५:०५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०