काठमाडौं । रोजगारको प्रलोभनमा ठगिएका र बन्धक बनेका ४५३ नेपालीको उद्धार गरिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासले उक्त संख्यामा नेपालीको उद्धार गरिएको जनाएको हो । उनीहरूको उद्धार गर्दै रुपन्देही प्रहरीलाई बुझाइएको दूतावासले बताएको छ ।
रोजगारीको नाममा प्रलोभन देखाउँदै बन्धक बनाउने कार्य बढेकाले सचेत रहन दूतावासले आग्रह गरेको छ । बिहार लगायत भारतका अन्य सहरमा बन्धक बनाउने क्रियाकलाप बढेकाले सचेत रहन दूतावासले आग्रह गरेको हो ।
१६ जेष्ठ २०८३, शनिबार १५:०७ मा प्रकाशित











