१७ जेष्ठ २०८३, आईतवार
Follow us :

नेपाली महिला क्रिकेट टाेली एशियाली खेलकुदमा छनाेट हुन असफल

कान्तिपुर प्रेस

काठमाण्डाै – नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल भएको छ ।  आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपाल छनाेट हुन असफल भएकाे हाे ।

वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएकाे थियाे । नेपालकी कविता कुँवरले नटआउट २२ रन बनाइन् । चीनकी मा रुइकेले २ विकेट लिइन् ।

डीएलएस नियममा ७ ओभरमा ४३ रनकाे लक्ष्य पाएकाे चीनले ५ विकेट गुमाएर अन्तिम ओभरमा भेटायाे । चीनकी कप्तान मिङ्ए झुले १८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

नेपाललाई हराएसँगै चीन एशियन खेलकुदमा छनाेट भएकाे छ । यस्तै यसअघि फाइनलमा पुगेका थाइल्यान्ड र मलेशिया पनि छनाेट भएका थिए ।

प्रतियाेगिताकाे समूह ‘ए’ मा थाइल्यान्ड, मलेशिया र हङकङ थिए । यस्तै समूह ‘बी’ मा नेपाल, चीन र इन्डाेनेशिया थिए ।

१७ जेष्ठ २०८३, आईतवार १२:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०