१७ जेष्ठ २०८३, आईतवार
Follow us :

प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक : सांसद केसी

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसदमा उपस्थित हुनु र जवाफ दिन तयार हुनुलाई सकारात्मक भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नियमावली विपरीत प्रधानमन्त्री रोष्टममा पुगेर सांसदहरूलाई प्रश्न गर्न भनेपछि केही सांसदले नियमापत्ति जनाएपछि सांसद केसीले यस्तो बताएका हुन् । साथै उनले नियमावलीको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

‘प्रधानमन्त्री बडो नाटकीय ढङ्गले जवाफ दिन उपस्थित हुनुभएको छ । यो अन्य देशमा पनि प्रचलन छ । तर, नियमावलीअनुसारको प्रोसेसलाई निरन्तर दिनुपर्छ’, केसीले मानवअधिकार आयोगको प्रतिवेदनको प्रसङ्ग उठाउँदै भने– ‘कानुनी राज्यमा रुल अफ ल र रुल बाई ल पनि हुन्छ ।’

सत्ताको स्वार्थका अनुकूल हुनेगरी कानुन बनाउने देखिएको भन्दै लोकतान्त्रिक दायित्व नभुल्न प्रधानमन्त्रीलाई केसीले आग्रह गरे । जवाफमा प्रधानमन्त्री शाहले मानवअधिकार आयोगमात्र होइन सबै आयोगका प्रतिवेदन सरकारले अध्ययन गरेर कामकारबाही अघि बढाउने बताए ।

१७ जेष्ठ २०८३, आईतवार १३:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०