१८ जेष्ठ २०८३, सोमबार
Follow us :

काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

कान्तिपुर प्रेस

काठमाण्डौ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो ।

यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड  राखी मोबाइल वा इमेलमा स्कोर हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

२२ हजार परीक्षार्थीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको छात्रवृत्ति परीक्षा समिति संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभएको छ ।  प्रारम्भिक नतिजामा चित्त नबुझ्नेलाई पुनर्योगका लागि पर्सि २० गतेसम्मको समय दिइएको छ ।

१८ जेष्ठ २०८३, सोमबार ०९:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०