१८ जेष्ठ २०८३, सोमबार
Follow us :

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गर्‍यो

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली कांग्रेसले योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपालीलाई अनलाइन माध्यमबाट सहज रूपमा सदस्यता आवेदन दिन सक्ने व्यवस्था गर्ने निर्णय गरेको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा इच्छुक नागरिकलाई पार्टीको आधिकारिक वेबसाइटमार्फत आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा ललितपुरस्थित बी।पी। स्मृति भवन मा बसेको बैठकले नेपाली कांग्रेसको वेबसाइटमार्फत नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने व्यवस्था खुला गरिएको जनाएको छ।

पार्टीका अनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले सदस्यताका लागि आवेदन दिन सक्नेछन्। यो व्यवस्था स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरूका लागि पनि लागू हुनेछ।

पार्टीले यस निर्णयले सङ्गठन विस्तार, नयाँ पुस्ताको सहभागिता वृद्धि तथा देश–विदेशमा रहेका नेपालीहरूसँग पार्टीको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

708999225_1393549979463926_6569037652560607172_n

१८ जेष्ठ २०८३, सोमबार २०:२८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०