काठमाण्डाै – प्रतिनिधिसभाको हिजाेकाे बैठकमा भएको घटनाबारे छानबिन गर्न सभामुख डाेलप्रसाद (डीपी) अर्यालले समिति गठन गर्नुभएको छ ।
सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको हो । सचिव प्रकाश अधिकारीकाे संयोजकत्वमा सङ्घीय संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी गराउनुभयो । समितिले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेछ ।
बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठनबारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।










