४ असार २०८३, बिहीबार
Follow us :

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा राष्ट्रिसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका प्रस्ताव प्रस्तुत गर्ने छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिका विषयमा राष्ट्रियसभा बैठक अवरुद्ध हुँदै आएको छ । सत्तापक्षविहीन राष्ट्रियसभामा सबै दलका सदस्यले सामूहिक रूपमा मंगलबार बैठक अवरुद्ध गरेका थिए ।

२० जेष्ठ २०८३, बुधबार ०८:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०