२० जेष्ठ २०८३, बुधबार
Follow us :

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भाेलि बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यहि जेठ २१ गते बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बिहीबारका लागि बैठककाे आह्वान गरिएकाे बताउनुभएकाे हाे। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई अनुराेध गरिएकाे छ।

सचिव थापामगरले बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताउनुभयाे ।

२० जेष्ठ २०८३, बुधबार ०९:०१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०