२० जेष्ठ २०८३, बुधबार
Follow us :

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिए

कान्तिपुर प्रेस

काठमाण्डाै – लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु हुनुहुन्छ ।

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ । लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेका हुनुहुन्छ ।

२० जेष्ठ २०८३, बुधबार १३:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०