२१ जेष्ठ २०८३, बिहीबार
Follow us :

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

कान्तिपुर प्रेस

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ,’ इन्सपेक्टर श्रेष्ठले  भने, ‘गाडी नम्बर पनि खुलेको छैन ।’

उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

२१ जेष्ठ २०८३, बिहीबार ०९:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०