२१ जेष्ठ २०८३, बिहीबार
Follow us :

भन्सार छली गरेको आशंकामा ७ सय ७४ विद्युतीय गाडी प्रहरीको नियन्त्रणमा

कान्तिपुर प्रेस

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलले भन्सार छली गरेको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति साेही गाडीहरू नियन्त्रणमा लिएको हो ।

त्यसैगरी नुवाकोटको पासाङल्हामु सडक खण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भएकाे बताएकाे हाे ।

२१ जेष्ठ २०८३, बिहीबार ११:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०