काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या पाँच लाख पुग्ने बताएको छ ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समिति संयोजक प्रदीप पौडेलले थप गरेको अवधिसम्म पाँच लाखले अद्यावधिक गर्ने आंकलन रहेको जनाए ।
कांग्रेसले अद्यावधिक लागि केन्द्रीय प्रतिनिधि खटाएर अभियान चलाएको छ । नयाँ सदस्यता अद्यावधिकका लागि पनि फारम खुलाएको छ ।
दोस्रो चरणमा जेठ २१ गतेसम्म तोकिएको समय थप गरिएको छ । जेठ २८ गते राति १२ बजेसम्म अन्तिम समय थप गरिएको समिति संयोजक पौडेलले जानकारी दिए ।
२२ जेष्ठ २०८३, शुक्रबार ०८:५८ मा प्रकाशित











