१९ असार २०८३, शुक्रबार
Follow us :

काठमाडौंमा २४ घण्टामै २ हजारभन्दा बढी चालक कारबाहीमा, १३ लाखभन्दा बढी राजस्व संकलन

कान्तिपुर प्रेस

ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार भन्दा बढी कारबाहीमा, राजस्वमा १३ लाखभन्दा बढी संकलन

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४२ सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट जरिवानाबापत राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ५६ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२१ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ८७ जना र तीव्र गतिमा सवारी चलाउने १७३ जना रहेका छन्।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १२८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ जना, सडकपेटीमा पार्किङ गर्ने ८५ जना र एकतर्फी सडकमा सवारी चलाउने ५६ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम पालना नगर्ने एक हजार २४९ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

१९ असार २०८३, शुक्रबार ०६:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०