२६ असार २०८३, शुक्रबार
Follow us :

प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिसमाथि आज संसदीय सुनुवाइ

प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिसमाथि आज संसदीय सुनुवाइ

कान्तिपुर प्रेस

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूमाथि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।बिहान ९:३० बजेदेखि सुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि प्रस्तावित उम्मेदवारहरूको सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची रहेको समितिले जनाएको छ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदका लागि डा. राजीव सुब्बा र गुरु वाग्लेको नाम सिफारिस गरिएको छ।
संसदीय सुनुवाइ समितिले उम्मेदवारहरूको योग्यता, अनुभव, क्षमता र सार्वजनिक उत्तरदायित्वका विषयमा छलफल तथा सुनुवाइ सम्पन्न गरेपछि नियुक्ति प्रक्रियाले थप गति लिनेछ।

२५ असार २०८३, बिहीबार ०७:०५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०