२६ असार २०८३, शुक्रबार
Follow us :

साउन १ देखि ८ गतेसम्म गोदावरी नगरपालिकाको राजस्व सेवा प्रभावित हुने

कान्तिपुर प्रेस

ललितपुर। गोदावरी नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुवातसँगै राजस्वसम्बन्धी सेवा केही दिन प्रभावित हुने जनाएको छ।

नगरपालिकाले बिहीबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को राजस्व असुली असार ३१ गते दिउँसो ४ बजेसम्म सम्पन्न गरिने र सोही दिनभित्र बैंकमा दाखिला गरिसक्नुपर्ने जनाएको छ।

नगरपालिकाका अनुसार असार ३२ गते आन्तरिक राजस्व, बैंक खाता तथा राजस्व सफ्टवेयर बन्द रहनेछ। साथै, महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालनमा रहेको SuTRA Revenue Model मा गोदावरी नगरपालिकाको आर्थिक ऐन २०८३ प्रविष्ट गर्नुपर्ने भएकाले साउन १ गतेदेखि साउन ८ गतेसम्म नगरपालिका तथा सबै वडा कार्यालयबाट प्रदान गरिने राजस्वसम्बन्धी सेवा प्रभावित हुने जनाइएको छ।

नगरपालिकाले यस अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक काम समयमै सम्पन्न गर्न अनुरोध गरेको छ। सूचना प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का द्वारा जारी गरिएको हो।

२६ असार २०८३, शुक्रबार ०९:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०