म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ।
आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ।
गत वर्ष निर्माण सम्पन्न भएको यो आयोजना दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानीसमेत व्यहोर्नुपरेको जनाएको छ।
३१ असार २०८३, बुधबार ०६:४६ मा प्रकाशित











