२७ श्रावण २०८३, बुधबार
Follow us :

हुन्डाईका कार किन्दा ६ लाखसम्म छुट, कर र बीमा निःशुल्क

नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईका कार बुकिङ गर्ने ग्राहकले ६ लाख रुपैयाँसम्म छुट, एक वर्षको कर र बीमा निःशुल्क पाउने भएका छन्।

कान्तिपुर प्रेस

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना उत्पादन बुकिङ गर्ने ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको प्रत्यक्ष लाभ पाउनेछन्।

मोडलअनुसार ४ लाख ५० हजारसम्म एक्सक्लुसिभ छुट

कम्पनीले मोडलअनुसार अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्मको एक्सक्लुसिभ छुट घोषणा गरेको छ। त्यस्तै, ‘नाइमा स्पेशल बेनिफिट’ अन्तर्गत ग्राहकले थप १ लाख ५० हजार रुपैयाँसम्मको छुट पाउनेछन्। यसरी ग्राहकले कुल ६ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

छुटबाहेक हुन्डाईका उत्पादन खरिद गर्ने ग्राहकले एक वर्षको वार्षिक सवारी कर र एक वर्षको बीमा निःशुल्क पाउनेछन्। कम्पनीका अनुसार एक्स्पोमा उपलब्ध हुन्डाईका सबै मोडलमा यो योजना लागू हुनेछ।

नाइमा मोबिलिटी एक्स्पोमार्फत हुन्डाईले नेपाली बजारमा आयोनिक ९ ईभी, नयाँ पुस्ताको हुन्डाई भेन्यू, भेन्यू एन लाइन र क्रेटा ईभीको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। नयाँ उत्पादनसँगै विशेष छुट तथा सुविधा उपलब्ध गराएर ग्राहकलाई आकर्षित गर्ने कम्पनीको योजना छ।

हुन्डाईले नेपाली बजारमा क्रेटा एसयूभी, ग्रान्ड आई१० नियोस, एक्सटर, टुसान, सान्ताफे, प्यालिसेड र कोना लगायतका मोडल बिक्री गर्दै आएको छ। एक्स्पोमा सार्वजनिक गरिएका नयाँ मोडल र विशेष खरिद योजनाले हुन्डाईको विद्युतीय तथा पेट्रोलियम दुवै सेग्मेन्टमा ग्राहकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

२७ श्रावण २०८३, बुधबार १२:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०