३ भाद्र २०८३, बुधबार
Follow us :

मकवानपुर गाडी दुर्घटनामा घाइते लक्ष्मी बडूको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते ४९ वर्षीया लक्ष्मी बडूको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको बिहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

कान्तिपुर प्रेस

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते ४९ वर्षीया लक्ष्मी बडूको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको बिहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकबाट ५० मिटर तल खस्यो गाडी

प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको गाडी बिहान करिब ८ बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा जुरीखेतमा सडकबाट करिब ५० मिटर तल खसेको थियो। गाडीमा वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी लक्ष्मीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्।

दुर्घटनामा घाइते रजिस्ट्रार तारादत्त बडू र चालक छुनिलाल चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

न्यायाधीश डाँगी, लक्ष्मी तथा उनका छोरा रितेन्द्र र छोरी रितालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो भने न्यायाधीश डाँगीसहित अन्य घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

२ भाद्र २०८३, मंगलवार १२:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०