४ भाद्र २०८३, बिहीबार
Follow us :

ट्रम्पले भने– यसै वर्ष किमसँग भेटवार्ता गर्ने सम्भावना छ

आणविक कार्यक्रम र सैन्य अभ्यासबीच संवादको तयारी

कान्तिपुर प्रेस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने सम्भावना रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग पुनः भेटवार्ता गर्ने सम्भावना रहेको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्त्वपूर्ण रहेको बताएका हुन्।

सम्भावित भेटको मिति र स्थान भने सार्वजनिक गरिएको छैन। वाल स्ट्रिट जर्नलका अनुसार नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन जाने क्रममा ट्रम्पले किमसँग भेटको सम्भावना खोजिरहेका छन्। पहिलो कार्यकालमा ट्रम्पले किमसँग तीन पटक भेट गरेका थिए। दुई नेताबीचको पछिल्लो भेट सन् २०१९ मा भएको थियो।

ट्रम्पले उत्तर कोरियासँग करिब ५७ वटा शक्तिशाली आणविक हतियार रहेको बताएका छन्। दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–बाकले भने प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताएका छन्।

अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन। ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न रोक्नुपर्ने बताउँदै उत्तर कोरियासँग भने आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गरेका छन्।

यसैबीच, किमकी बहिनी किम यो जोङले ट्रम्प र किमबीच हाल कुनै संवाद भइरहेको जानकारी आफूलाई नभएको बताएकी छन्। यद्यपि उनले किमको ट्रम्पप्रति अझै सकारात्मक भावना रहेको बताएकी छन्।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यासको अवधि घटाउने घोषणा गरेका छन्। उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि सम्भावित आक्रमणको तयारी भन्दै विरोध गर्दै आएको छ। पछिल्ला कूटनीतिक गतिविधिलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ संवादको सम्भावनाका रूपमा हेरिएको छ।

४ भाद्र २०८३, बिहीबार १२:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०