४ भाद्र २०८३, बिहीबार
Follow us :

‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर’, ‘मानवअधिकारको सम्मान गर’ र ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’

कान्तिपुर प्रेस

काठमाडौं, भदौ ४ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा खबरदारी र्‍याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो। र्‍यालीमा सहभागीले सरकारसँग सुकुम्बासीको उचित व्यवस्थापन, मानवअधिकारको सम्मान तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

र्‍यालीमा सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर’, ‘मानवअधिकारको सम्मान गर’ र ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

आन्दोलनरत पक्षले सरकारी निकायबाट हुने डोजर अभियानका कारण विस्थापित भएका तथा ज्यान गुमाएका नागरिकलाई भूमिअधिकार आन्दोलनका सहिद घोषणा गर्न माग गरेको छ।

सरकारको ‘डोजर आतंक’का कारण नौ जना नागरिकले ज्यान गुमाएको आन्दोलनरत पक्षको दाबी छ। उनीहरूले भूमिहीन तथा सुकुम्बासी बस्ती हटाउनुअघि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने मागसमेत अघि सारेका छन्। र्‍यालीका क्रममा सहभागीले राज्यले नागरिकको आवास तथा भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्नुपर्ने र जबर्जस्ती विस्थापनको अन्त्य गर्नुपर्ने बताएका थिए।

४ भाद्र २०८३, बिहीबार १५:०३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०