१७ भाद्र २०८३, बुधबार
Follow us :

नवलपरासीमा ६८ शव जमिनमुनि व्यवस्थापन

नारायणी क्षेत्रमा भेटिएका १७० शवमध्ये चारको सनाखत

कान्तिपुर प्रेस

पश्चिम नवलपरासी, १६ भदौ । रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म १७० शव फेला परेका छन्। तीमध्ये चार शवको सनाखत भएको, ६८ शव डीएनए नमुना संकलनपछि जमिनमुनि व्यवस्थापन गरिएको र ९८ शव अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सुनवलको मूलपानी सामुदायिक वनमा ठाउँ अभाव भएपछि बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनमा समेत शव व्यवस्थापन थालिएको छ। चिसापानीमा हालसम्म ३० शव व्यवस्थापन गरिएको छ।

फेला परेका शव परासी, बुटवल र भैरहवाका अस्पतालमा राखिएका छन्। सनाखत भएका शवमध्ये गोरखा, धादिङ, काभ्रे र मकवानपुरका नागरिक छन्।

यसैबीच भारतको कुशीनगरस्थित खड्डा गण्डक नदीमा फेला परेका चार शव भारतीय पक्षले महेशपुर नाकामार्फत नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै भारतमा भेटिएका नेपाली तथा अन्य शवको संख्या नौ पुगेको प्रशासनले जनाएको छ।

 

१६ भाद्र २०८३, मंगलवार १८:१९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०