२१ भाद्र २०८३, आईतवार
Follow us :

केरुङमा बाढीपछि ३१ शव फेला, ५३१ जना बेपत्ता

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म ३१ वटा शव फेला परेका छन्।

कान्तिपुर प्रेस

काठमाडौँ, भदौ २० गते । नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म ३१ वटा शव फेला परेका छन्।

चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले बाढीपछि ५३१ जना अझै बेपत्ता रहेको जनाएको छ। बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्रीसमेत रहेको समाचारमा उल्लेख छ।बाढीका कारण नेपाल–चीन सीमाक्षेत्रमा आवतजावत तथा सीमासँग सम्बन्धित गतिविधिसमेत प्रभावित भएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले शुक्रबार बेलुकीसम्म नेपालबाट १६९ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ।भारतीय विदेश मन्त्रालयका अनुसार नेपालमा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण भारतका २७५ जना नागरिक अझै बेपत्ता छन्। उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तथा बेपत्ता नागरिकको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढीले सीमावर्ती क्षेत्रमा रहेका संरचना तथा आवागमनमा समेत गम्भीर असर पारेको छ। बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोजी र उद्धारका लागि सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।

२० भाद्र २०८३, शनिबार ११:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०