ललितपुरको गोदावरी नगरपालिका–२ निवासी १९ वर्षीया साम्राज्ञी बुढाथोकी नेपाली कांग्रेस गोदावरी नगर कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।
काठमाडौं स्कुल अफ लमा बीएएलएलबी प्रथम वर्षमा अध्ययनरत बुढाथोकी कांग्रेसको नगर कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन्।
कम उमेरमै नगर कार्यसमितिमा निर्वाचित भएपछि बुढाथोकीको सहभागितालाई कांग्रेस गोदावरी नगर समितिमा युवा पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
गोदावरी नगरपालिका–२ निवासी बुढाथोकी हाल कानुन विषयको अध्ययनसँगै नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा समेत सक्रिय हुँदै आएकी छन्।











