ललितपुर — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरको महांकाल गाउँपालिका अधिवेशनबाट तुला प्रसाद तिमल्सिना सभापति पदमा सर्वसम्मत निर्वाचित भएका छन्।
शिक्षक पृष्ठभूमिका तिमल्सिनाले यसअघि नै शिक्षक पदबाट राजीनामा दिइसकेका छन्। कांग्रेसको गाउँपालिका अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
अधिवेशनबाट उपसभापतिमा सरल पार्वती केसी र प्रविण स्याङ्तान निर्वाचित भएका छन्। त्यस्तै सचिवमा भुमिनन्द घिमिरे तथा सहसचिवमा अर्जुन घिमिरे निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले महांकाल गाउँपालिकामा पार्टीको संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा पार्टीका गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइरहेको छ।












