१९ कार्तिक २०८३, बिहीबार
Follow us :

पोखराको बुद्धचोकमा BAIC र ARCFOX को नयाँ शोरुम सञ्चालनमा

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरे उद्घाटन, गण्डकी प्रदेशका ग्राहकले अब दुवै ब्रान्डका सवारीसाधन र सेवाबारे प्रत्यक्ष जानकारी पाउने।

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।नेपालका लागि यी दुई ब्रान्डको आधिकारिक प्रतिनिधि लक्ष्मी मोटरहबले स्थापना गरेको शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन्।

नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई सवारीसाधन अवलोकन, ब्रान्डका विशेषता, प्रविधि तथा सेवाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउने कम्पनीको लक्ष्य छ। काठमाडौं बाहिरका प्रमुख क्षेत्रीय बजारमा पहुँच विस्तार गर्ने रणनीतिअनुसार शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

इन्जिनियरिङ, कार्यक्षमता र बहुउपयोगिताका लागि परिचित BAIC तथा विद्युतीय मोबिलिटी, आधुनिक डिजाइन र प्रविधिमा केन्द्रित ARCFOX ले फरक प्रकृतिका सवारीसाधन उपलब्ध गराउँदै आएका छन्।

नयाँ शोरुमबाट गण्डकी प्रदेशका ग्राहकले दुवै ब्रान्डका विभिन्न मोडल नजिकबाट हेर्न र तिनका विशेषता तथा प्रविधिबारे जानकारी लिन सक्नेछन्। यसले क्षेत्रीय बजारमा ग्राहकको पहुँच बढाउनुका साथै नेपालमा विविध सवारीसाधन तथा मोबिलिटी समाधानको विकल्प विस्तार गर्ने अपेक्षा गरिएको छ।

 

१९ कार्तिक २०८३, बिहीबार १८:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०