३० कार्तिक २०८३, सोमबार
Follow us :

नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा तीनै राजदूतले शपथ लिएका हुन् ।

कान्तिपुर प्रेस

काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा तीनै राजदूतले शपथ लिएका हुन् ।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।उनीहरूले राष्ट्रपति पौडेलसमक्ष राजदूत पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

 

३० कार्तिक २०८३, सोमबार १२:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०