२ बैशाख २०८३, बुधबार
Follow us :

फिल्म ‘पाँच पाण्डव’ मा बलेको ठाउँमा भित्रिए सुशील

कान्तिपुर प्रेस

काठमाडौँ । छायाङ्कनरत फिल्म ‘पाँच पाण्डव’ मा कलाकार सुशील सिटौला भित्रिएका छन् ।

फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर उनी भित्रिएका छन् । फिल्मको कथामा रहेका पाँच पाण्डवका पात्रमध्ये एक कलाकार सागर लम्साल ‘बले’ केही अगाडि बाहिरिएसँगै निर्माण युनिटले सिटौलालाई भित्र्याएको हो ।

फिल्ममा अब हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला ‘पाँच पाण्डव’ को रूपमा देखिनेछन् । फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतको पनि अभिनय रहनेछ ।

कालीरानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्देशक वसन्त निरौला हुन् । गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट छायाङ्कन थालिएको फिल्मका लेखक सुशील पौडेल रहेका छन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।

३० चैत्र २०८२, सोमबार १५:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०