२ बैशाख २०८३, बुधबार
Follow us :

वर्षको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

कान्तिपुर प्रेस

काठमाण्डौ – २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ ।

हिजो ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० मा कारोरबार भएको सुनको भाउ आज ३१ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको  ४ हजार ९०० रुपैयाँ थियो ।

१ बैशाख २०८३, मंगलवार १३:१९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०