१४ असार २०८३, आईतवार
Follow us :

केकी अधिकारीद्वारा चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा

कान्तिपुर प्रेस

काठमाडौं । अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् ।

“वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । उनले चलचित्र भदौ १९ गते रिलिज हुने जानकारी दिएकी छन् ।

गत वर्ष सफल चलचित्र ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन् । ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । चलचित्रको निर्मातामा बद्री अधिकारी छन् ।

केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिन्छ । तर, के सामग्री हो त्यो प्रस्ट देखिएको छैन । थिम पोस्टरले सिनेमा सोसल ड्रामा रहेको संकेत गरेको छ ।

चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन ।

१ बैशाख २०८३, मंगलवार १३:२५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०