काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति तय भएको छ ।
रेखाले शुक्रबार आफ्नो फिल्मको प्रदर्शन मिति भदौ २६ मा तय भएको सार्वजनिक गरेकी हुन् ।
भदौ २९ गते तीज परेको छ । उनले यही पर्वलाई लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने भएकी हुन् ।
यस फिल्ममा दुई पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेन्सनल नीति शाह शीर्ष भूमिकामा छन् । दिल श्रेष्ठ यसको नायक हुन् ।
११ बैशाख २०८३, शुक्रबार १३:३६ मा प्रकाशित










