१५ बैशाख २०८३, मंगलवार
Follow us :

वाणिज्य बैंकहरूले ९ महिनामा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाए, कसले कति ?

कान्तिपुर प्रेस

काठमाण्डाै – चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वाणिज्य बैंकहरूको नाफा १९ दशमलव ३० प्रतिशतले बढेको छ ।

आज सार्वजनिक विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । गएको वर्षको यही अवधिमा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यसमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटाको नाफा घटेको छ । रकमका आधारमा नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नबिलको नाफा ३३ दशमलव ९२ प्रतिशतले बढेको छ ।

यस्तै प्रतिशतका आधारमा कुमारी बैंक सबैभन्दा अघि छ । यस अवधिमा कुमारी बैंकको नाफा १ हजार ३६१ दशमलव ७६ प्रतिशतले बढेको छ । कुमारीले ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५४ दशमलव ६१ प्रतिशतले घटेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ३० दशमलव ६९, कृषि विकास बैंकको २४ दशमलव ४२, एनआईसी एशिया बैंकको नाफा १० दशमलव ४९ प्रतिशतले ओरालो लागेको छ ।

१५ बैशाख २०८३, मंगलवार १५:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०