१६ बैशाख २०८३, बुधबार
Follow us :

महावीर पुनको सम्पत्ति कति ?

कान्तिपुर प्रेस

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो विवरण सार्वजनिक गरेका हुन् ।

सांसदहरूले आफ्नो  सम्पत्ति विवरण खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाउनुपर्छ । संसद् सचिवालयलाई बुझाइसकेपछि सार्वजनिक गरिएको  सम्पत्ति विवरणअनुसार उनको नाममा घर छैन ।

पुनले श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।

राट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख छ ।

१६ बैशाख २०८३, बुधबार १२:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०