१७ बैशाख २०८३, बिहीबार
Follow us :

नेप्से आज पनि ५ अंकले घट्यो, ४ अर्ब ९१ करोडको कारोबार

कान्तिपुर प्रेस

शेयरबजार परिसूचक नेप्से बिहीबार थप ५ अंकले घटेकाे छ । अघिल्लो दिन बुधबार २५.८१ अंकले घट्दै २ हजार ७४४.४५ अंकमा झरेकोमा आज थप ५.७३ अंकले घट्दै २ हजार ७३८.७२ अंकमा झरेको हो ।

उसो त आज कारोबार रकममासमेत गिरावट आउँदै जम्मा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।

अघिल्लो दिन २५ अंकमाथिले नेप्से घटेको बजारमा ४ अर्ब ९५ करोड ४६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ४ हजार कित्ता शेयर कारोबार भएको थियो ।

आज बैंक समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

१६१ कम्पनीको शेयर मूल्य घट्दा आज ९८ वटा कम्पनीको मूल्य बढेको छ । आज श्रीनगर एग्रिटिच इन्ड्रस्ट्रीज लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १२.५७ प्रतिशतले बढेको छ भने शिखर पावर डेभलपमेन्टको मूल्य ७.९१ प्रतिशतले बढेको छ ।

कर्पोरेट डभलपमेन्ट बैंकको शेयर मूल्य भने आज १०.३८ प्रतिशतले घटेकाे छ ।

१७ बैशाख २०८३, बिहीबार १५:४२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०