५ असार २०८३, शुक्रबार
Follow us :

शेयर बजार ६.९४ अङ्कले बढ्याे, काराेबार रकम ३ अर्ब पनि पुगेन

कान्तिपुर प्रेस

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९४ अङ्कले बढेर २ हजार ७१८ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक बढेकोमा लगानी समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ ।

आज १५५ वटा कम्पनीको शेयर बढेकोमो १०२ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भने घटबढ भएको छैन ।

आज स्वावलम्बन लघुवित्तको शेयर १२ दशमलव १९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर सबैभन्दा धेरै १३ दशमलव २४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३३४ वटा कम्पनीका ६६ लाख ८४ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।

२४ बैशाख २०८३, बिहीबार १७:२० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०